Sunday, March 27, 2022

जिन्दगी फिक्का-फिक्का

अवसाद यानीकि डिप्रेशनका लक्षणहरुलाई समेटिएर लेखिएको काब्यात्मक रहर ।


जिन्दगी फिक्का-फिक्का



जिन्दगी फिक्का-फिक्का किन लाग्छ यति सबेरै?

रंग बिहिन लोसे आकाश, घाम चिढ्चिढे छ ,

तर अँध्यारो यति औधि किन प्यारो लाग्छ ।

रात किन यति धेरै लामा, निस्पट्ट - अँध्यारा?

दिन किन यति धेरै उदास, आँशुले कोपिरहने?

 

साँझमा समुन्द्रका लहरहरु, मनभित्रका रहरहरु, अक्रान्त छट्पटि,

चन्द्रमाको आठ प्रहरहरु जस्तै मनस्थीती बदलिरहन्छ झटपटि।

कान्तिक्षय, ग्लानी, बैराग, अनुराग, शंका, दागबेस्वाद,

संसारनै भष्म, म रहन्न जस्तो घनाघोर अवशाद ।

 

सम्बन्धहरु अनि जिन्दगी, ओडारहरुमा यात्रारत हो कि?

हिजोको प्यारो मान्छे आज दुष्मन धृष्ट भोकि?

हुँडार-हुँईया अनि गिद्धहरुरुको घेराबन्दिको भ्रमित आभाष,

मात्र डर लाग्छ, डर लाग्छ, डर लाग्छ ।

 

हार कोट्याईरहुँ, रीस टोकिरहुँ, कमि कमजोरी गिज्याईरहुँ,

जिन्दगीलाई खोलखाल पारीरहुँ , छैन उत्साह, क्षणमै निरास,

धेरैभो हराएको भोक, छैन एक घुट्की प्यास ।

हिजोको रमाईलो, आज किन लाग्छ अल्क्षी अत्यास,

जिन्दगी फिक्का-फिक्का, किन यस्तो ढ्याङग्रो सन्त्रास ?

 

दोहोरो छट्पटि, तेहेरो नैरश्यता, चारै प्रहर भावबिभोर ,

यो घनघोर उदासी प्रश्न हो या उत्तर,

जिन्दगी मैले बनाउन नसकेकोनै हो लोभलाग्दो बृहत्तर ।

अभाव आत्मबिश्वास, आत्ममुल्याकंनको, शंका आफै माथि निरन्तर,

के मृत्युनै हो त सारा समस्याको उत्तर ?

 

हिजो, आज, भोलि, पर्सी खुजमुजिएको अस्तब्यस्त देख्छु ,

सम्झनाबाट मिठा यादहरु उप्काउन खोज्छु , आशाहरु गुनगुनाउँछु ।

सम्हालिन सक्दिन, अनि फेरी धुरु - धुरु रुन्छु ,

फिक्का-फिक्का जिन्दगी , कसरी , रुमलिन्छु झोक्रयाउँछु, गम्छु ।

 

आफैलाई रित्तो-गलत किन देख्छु हर प्रहर ?

खाली सहि गलतमा पर्गेल्ने यो कस्तो रहर ?

अन्तिम आशा निभेको , अभावहरु चिच्याउँदै छन् उप्किएर ,

रोगी हुँ, होइन, मथिंगल अलमल्ल बर्तमानमा चिप्लीएर ।

   

आशाहरु, उर्जाहरु, निदहरु, भोकहरु खुशीहरु गल्तीहरुको ढाकक्षेपमा,

चेतन, अवचेतन, ध्यान, निर्णय, याद सुस्तधुम्म,

यो ब्यक्तित्व किन यसरी जंगीन्छ बिचबिचमा झडंग ।

यथार्थ बाँङ्गो, भ्रम स्पष्ट पाउँछु,, सम्झनुपर्ने बिर्सन्छु,

अतितमा रुन्छु , फिक्का-फिक्का, बर्तमानमा धेरैचोटि तर्सन्छु ।

 

ढाड दुख्छ कटकट, मन थचक्कै थाक्छ हरपल ,

दोष दृष्टिको , भ्रम जैबिक, मिथ्या गर्छ सलबल,

गुमनाम शहरमा लड्छु आफैसँग, हारेर यसरी पलपल ।

सत्यतासँग रक्षात्मक हुनुपर्ने यो कस्तो लाचारी हो?,

नबुझिने राग , बैगुनि बैराग, जिन्दगी असैह्य भो ।

 

क्षितिज होचो, पिडा गहिरो, आँट लाक्षि छ ,

चित्त साँघुरो , शंकालु अनि अहम् बडेमानको छ ।

दुष्मन बदल्छु, स्मरणमा किन होंडल्छु क्षण क्षणमै?

अट्टहास्, उच्छावास् तर जिन्दगी फिक्का-फिक्का तनमनमै ।

 

हिजो, आज, भोलि सबै एकैसाथ जिउन चाहन्छु,

समय भुल्छु झसंग , बाटो बिराउँछु , सम्झनुपर्नेलाई बिर्सन्छु,

बहुला होइन तर आफै जस्तोलाई बर्रबराएकै देख्छु ,

कहिं पर चिबे मलाईनै गिंज्याउँदै चिर्बिराएकै पाउँछु ।

 

शुद्धता खोज्छु, वाक्क लाग्नेगरी आफैलाई घृणित भेट्टाउँछु ,

सत्यतासँग भिड्न नसकेको म, कायर आफै कहलाउँछु ,

जिन्दगी अभिसप्त - सन्तप्त , मालिक उ, नोकरीमा बहुलाउँछु ।

शिबनै परम हुन्, शिबनै धरम हुन्, शिवनै अघोर ,

फिक्का-फिक्का जिन्दगी, किन यस्तो दयाहिन कठोर ।

 

सुन्तला, कागति खुर्शानी अनि अब घाममा रमाउछु ,

पौष्टिक खाना, सच्चा साथ सम्बन्ध जिवनमा खन्याउँछु ,

सकरात्मक मान्छेहरुको संगतमा जिन्दगी आगे बढाउँछु  ।

मृत्यु बिडम्वना हो तर बनाउँछु यसलाई उत्सब ,

प्रेमालाप शक्ति , जिम्मेवारी हो नकि तमसको महोत्सब  ।

 

बिहानै हाँसखेल, खेलकुद अनि ध्यान, योगको भर,

निको हुन सरसफाई, काममा लगाउनु छ रहर ।

पुराना रीसहरु, हिजो - भोलि बिर्सिदिन्छु, आजैमा रमाउँछु ,

जिन्दगी रहने छैन अब फिक्का-फिक्का ।

राज बश्याल

www.facebook.com/classicejunkie

www.twitter.com/classicejunkie

raazjj@gmail.com

               मिति : १३ चैत्र २०७८ / 27.03.2022

My motto: One step ahead, everyday.

Sunday, June 6, 2021

The Mourning Mirror: शोकसन्तप्त ऐना



के रे ?

हो , यस ऐना र त्यसैसँग संबद्ध लेन्सले तिम्रो पिडायुक्त प्रतिबिम्ब यानिकी हरीयो रोगीपिडित आभालाई समात्छ ।

अनि, यसैसँग जोडिएको कम्प्युटरको सफ्टवेयरको सहायतामा तिम्रा पिडा, शोक, ग्लानी, निराशा, आदि एकएक गरेर मेशिनले छुट्याउँछ र डाटाबेसमा सुरक्षित गर्छ । अल्ट्रासाउण्ड प्रबिधिमा गर्भमा रहेको बच्चा/भ्रुण कम्प्युटर स्क्रीनमा देखिए जस्तै तिमिमा उद्देलीत र होंडलिएका पिडाहरु यो 'ऐना' मशिनको कम्प्युटर स्क्रीनमा देखिन्छ ।

कुन पिडाको घनत्व, प्रबलता, आयतन र अरु मापनहरु कति छन् तिमीले तथ्याङ्कको रुपमा मोनिटरमा देख्न र बिश्लेष्ण गर्न पनि सक्नेछौ

यो 'शोकसन्तप्त ऐना' एउटा यस्तो मेशिन हो जसले तिम्रा पिडाहरु, तिम्रो प्रतिबिम्ब मार्फत, आफुमा समाहित गरेर त्यही समय तिमीलाई पिडामुक्त गरीदिन्छ ।

आफन्ती तिम्रा मरेका हुनेछन् तर शोकको पिडा यो मशिनले खेप्छ , बोक्छ ,  या त्यस्तै केहि ।

यो प्रक्रियामा हाम्रो के हराउँछ त , आत्मा ?

आत्मा हरायो भने त तिमी भित्र जिवात्मानै रहँदैन पो त ।

त्यसो भने के हराउँछ त प्रोफेशर साहब ?.

स्मरण , सपना ।

पुरानो पिडाहरु रहित आउँदो जिन्दगीका लागि तिमीले फेरी नयाँ स्मरण बुन्नुपर्ने र सपनाहरु बाँच्नुपर्नेछ ।

अनि त्यो पिडामुक्त प्रतिबिम्बलाई हामीमा पुर्नस्थापना गर्न सकिंदैन र ?

सकिन्छ ।

तर त्यसको बदला तिमीले स्वत केहि चुकाउनुपर्छ ।

के त ?

शुद्धता ।

तिम्रो प्रतिबिम्ब एक पटक मात्र पनि बाहिर पुगेर भित्र आउँदा पक्कै अशुद्ध भईसक्नेछ ।

तिमी तिमी रहने छैनौ ।

शरीरको त्यही पुरानो चोलामा, तिम्राहरुले नभेटेको, अर्कै ब्यवहारको नयाँ मान्छे बाँच्न थाल्नेछ ।


What?!

Yes, this mirror and associated lens will capture the pain ridden reflection, means the traumatized – ill green aura of yours.

The computer, with its software, part of this 'Mourning Mirror' machine will classify all your pain, grieves, guilt, dejections, etc. and secure them into its database. Just like in the Obstetric Ultrasonography where you see a moving fetus in the computer screen, the computer screen of this Mirror will show all the pains and their conflicts inside you.

You will be able to access and analyze the statistical data for their densities, intensities, volume and other measurements observing the monitor.

This is a type of machine that will annex your pain, obtained through your reflection, into itself and make you painless at that very moment.

Your beloved has died but it will be the machine that will have to grieve and suffer, a sort of.

What will be lost in this takeover, soul?

If the soul is lost there will be no existence of the Living Being inside you.

Then what will be lost Professor Doctor?

Memory, Dreams.

For the new life ahead, and without those pains, you will have to stitch new memories and live new dreams.

Can't we reinstate that Pain-free Reflection into us?

Yes we can.

But you will have to automatically pay with something.

What would be that?

The Sanctity!

The purity in your reflection is certainly lost even if it steps outside of you only once.

You will not remain yourself again.

A changed man with changed behaviour, never known to your near ones, will start living in the old self of yours.


Probably, one of the shortest science fiction ever written.

By: Raj Basyal (2021.06.06)

http://facebook.com/classicejunkie

raazjj@gmail.com

#RajBasyalLiteratures #COVID19 #ShortestScienceFiction